च्याम्पियन्स लिगमा बार्सिलोनाले इन्टर मिलानको सामना गर्दै

  • 247
  •  
  •  
  •  
  •  
    247
    Shares

काठमाडौंः च्याम्पियन्स लिगको समुह ‘बी’ मा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ । इन्टरको घरेलु मैदान सान सिरोमा हुने खेल नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ ।

समूह चरणको तेस्रो खेलमा घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले इन्टरविरुद्ध २–० गोलको जित दर्ता गरेको थियो । राफिन्हा तथा जोर्डी अल्बाको गोलमा बार्सिलोना विजयी भएको थियो तर, अबको खेलमा भने बार्सिलोनाले इन्टरको घरेलु मैदान सान सिरोमा प्रतिस्पर्धा गर्दैछ ।
च्याम्पियन्स लिगको समूह बी मा रहेको बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

बार्सिलोनाले खेलको सबै खेलमा शतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा पीएसभीविरुद्ध ४–० गोलको जित निकालेको बार्साले दोस्रो खेलमा टोटनहमविरुद्ध वेम्ब्लेमा ४–० गोलको जित तथा तेस्रो खेलमा इटरविरुद्ध घरेलु मैदानमा २–० गोलको जित निकालेको हो ।

बार्सिलोनाले तालिकामा ९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको इन्टरको ६ अंक तथा टोटनहम र पीएसभीको समान १–१ अंक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 10