तिहारमा देशभर लोडसेडिङ हुन नहुने भन्दै विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न कुलमान घिसिङको निर्देशन

  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

काठमाडौं, २० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारमा पनि आफ्ना कर्मचारीलाई कार्यालयमै बस्न निर्देशन दिएको छ ।

प्राधिकरणले तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने उद्देश्यसहित विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको हो ।

तिहारको समयमा अन्य कर्मचारीलाई निमित्त दिई विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले प्राधिकरणले यस्तो शैली अपनाएको हो ।

राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भई कार्यसम्पादन गर्न प्राधिकरणले सर्कुलर जारी गरेको छ ।

सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । यद्यपि अत्यावश्यक कामका लागि विदा बस्नुपरे कार्यालयमा खबर गर्न प्राधिकरणले कर्मचारीलाई आग्रह गरेको छ ।

प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छ ।

प्राधिकरणले तिहारमा विद्युतको अधिकतम माग १२७० मेगावाट हुने प्रक्षेपण गरेको छ । नेपाल विद्युत प्राधिकरणले २०७२ सालको लक्ष्मीपूजाका दिनदेखि देशभर लोडसेडिङ हटाएको घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 30 = 33