नेयमार बार्सिलोना फर्कन चाहेको खुलासा

  • 293
  •  
  •  
  •  
  •  
    293
    Shares

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टार नेयमार पूर्व क्लब बार्सिलोना फर्कन चाहेको बार्सिलोनाका एक पूर्व खेलाडीले बताएका छन् । बार्सिलोनाका पूर्व खेलाडी मार्टिन मोन्तोयाले गोल डटकमसँग कुरा गर्दै नेयमार बार्सा फर्कन चाहेको बताएका हुन् ।

हाल इंग्लिस क्लब ब्राइटनबाट व्यवसायिक खेल खेल्दै आएका मोन्तोयाले नेयमारलाई मेसी र स्वारेजको आभाव महशुस भएको बताएका छन् । ‘मलाई लाग्छ नेयमार बार्सिलोना फर्कन चाहन्छन् किनकी उनी बार्साको खेलसँग अभ्यस्त हुँदै गइरहेका थिए । मेसी र स्वारेजसँगको तालमेल पनि मिल्दै गएको थियो, ’ उनले भनेका छन् ।

यद्यपी मोन्तोयाले पीएसजीबाट नेयमार बार्सिलोना फर्कन कठिन रहेको बताएका छन् । पीएसजी राम्रो टिम भएका र निकै मोटो रकम खर्चेर नेयमारलाई ल्याएकाका कारण बार्सिलोनाले यतिका मोटो रकम खर्चेर नेयमारलाई ल्याउँछ भन्ने आफुलाई नलाग्ने बताएका हुन् ।

२७ वर्षीय मोन्तोया बार्सिलोनाबाट लोनमा इन्टर मिलान गएका थिए । त्यसपछि भ्यालेन्सिया हुँदै इंग्लिस क्लब ब्राइटमा आइपुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =