पुनम क्षेत्रीको नयाँ चलचित्रमा साम्राज्ञी अनुबन्ध, नवल नेपाल निर्देशक, नायकमा पुष्प खड्का

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमार्डाैं, २० कात्तिक । ‘इन्टु मिन्टु लन्डनमा’ पछि त्यत्तिकै बसेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् ।

पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्रमा साम्राज्ञीलाई अनुबन्ध भएकी हुन् । चलचित्रमा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल भइसकेका छन् ।

साम्राज्ञीले अभिनय गर्ने चलचित्रको निर्देशन नवल नेपालले गर्ने भएका छन् । यसअघि उनले ‘मंगलम्’ चलचित्र निर्देशन गरेका थिए । छवि ओझाले बनाएको सो चलचित्रले राम्रो व्यापार गरेको थियो ।

माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने चलचित्रको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । गोविन्द फुयाँलको लेखन रहेको चलचित्रमा छायाँकार सञ्जय लामा, संगीत अर्जुन पोखरेल र कृष्ण काफ्लेको रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 24