यसरी बनाइँदैछ विजय गच्छदारलाई कांग्रेसको उपसभापति, सबैको समर्थन

  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई पार्टीको उपसभापति बनाउने भएका भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावअघि कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका गच्छदारलाई उपसभापति बनाइन लागेको हो ।

कांग्रेस सभापति देउवाले पार्टीको मौजुदा विधानको बाधा अड्काउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाउने तयारी गरेका हुन् । मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गर्ने भएका छन् ।

नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ । गच्छदारलाई उपसभापति बनाउँदा विधानको यो व्यवस्था मिचिने भएका कारण बाधा अड्काउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाउने तयारी गरेको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय गराउँदा पदाधिकारीसहित केन्द्रीय समितिमा समेट्ने आश्वासन दिइए पनि पार्टी बिलय भएको एक वर्षसम्म कुनै भूमिका दिइएको छैन । यसबाट गच्छदार असन्तुष्ट रहँदै आएका थिए । महासमितिबाट विधान संशोधन गरि पार्टीको आगामी महाधिवेशनबाट मात्रै पदाधिकारीको संख्या थप्नुपर्छ भन्ने मत केन्द्रीय समितिमा रहेपनि पार्टी बिलय गराउन आउँदा गच्छदारलाई दिइएको बचनको मानसमेत राख्नुपर्ने मत समेत केन्द्रीय समितिमा छ ।

गच्छदारलाई पार्टीको उपसभापति बनाएमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरूले विरोध नगर्ने बुझिएको छ । तर, त्यसका लागि सभापति देउवाले बाधा अडकाउ फुकाउनुपर्ने नेताहरूको भनाइ छ ।

मंगलबारको बैठकले गच्छदारलाई उपसभापति बनाएको अवस्थामा नेपाली कांग्रेसले तराई मधेसबाटै बिमलेन्द्र निधिसहित दोस्रो उपसभापति पाउनेछ । मंगलबार बस्ने कांग्रेस बैठकले आन्तरिक तयारी तथा विधान संशोधनको काम नसकिएको भन्दै महासमितिको बैठक मंसिरभित्रै गर्ने गरी सार्ने सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =