बलिउडका यी चर्चित नायिका जसले अझै पाएनन् भनेजस्तो जीवन साथी

  • 520
  •  
  •  
  •  
  •  
    520
    Shares

एजेन्सी,२० कात्तिक । बलिउडका केही चर्चित अभिनेत्रीहरु उमेर निकै गएपनि अझै अविवाहित रहेका छन् । उमेर हुँदै विवाह गरेर घरजम गर्ने रहर सबैलाई हुन्छ । तर हलिउड, कलिउड, बलिउड जुन क्षेत्रमा पन प्राय अभिनेत्रीहरुले उमेर निकै ढल्केपछि विवाह गर्ने गरेका छन् । त्यस्तै आज हामी तपाईहरुलाई विवाह गर्ने उमेर ढल्दा पनि अभिवाहित रहेका केही अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ ।

सुष्मिता सेन : केही समय अगाडी ४२औँ जन्मदिन मनाएकी मिस युनिवर्स सुष्मिता सेन अझै पनि अविवाहित रहेकी छन् । थुप्रै नायकहरुसँग नाम जोडिएकी यी अभिनेत्रीले विवाहको लागि उचित बर अझ पनि पाएकी छैनन् ।

नगमा  : बलिउडका स्टार सुलमान खानसँगै फिल्मी करियर सुरु गरेकी यी अभिनेत्री पनि अविवाहत रहेकी छन् । दक्षिण् भारतीय फिल्महरुमा समेत अभिनय गरेकी यी अभिनेत्रीले ४२ वर्ष पुगिसक्दा समेत केटा पाएकी छैनन् । उनी अहिले फिल्म क्षेत्र छोडेर राजनिती तर्फ लागेकी छन् ।

तब्बू  : तब्बूको उमेर ४६ वर्ष भइसकेको छ । उनले अझै पनि विवह गरेकी छैनन् । अजय देवगनसँग अफयरको हल्ला चलेको भएपनि उनी अहिलेसम्म अविवाहित नै छिन् । उनले अझै सम्म मन पर्ने केटो नभेटेको बताउँदै आएक छन् ।

अमीषा पटेल :  बलिउडमा निकै तहल्का मच्चाएकी अभिनेत्री अमीषा पटेल ४१ वर्षको हुँदा पनि आफुले भनेजस्तो केटा पाएकी छैनन् । आजभेली उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी छन् ।

नरगिस फखरी : सुन्दरतामा धेरैलाई हराएकी अभिनेत्री नरगिस ३८ वर्षको उमेरमा पनि विवाह गर्ने केटो पाएकी छैनन् । तर उनको पनि उदय चोपडासँग अफयरको चर्चा भने चलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 ÷ 14 =