‘सिन्की अचार’ बोलको गीतमा बोल मायाकी अञ्जलीको यस्तो खतरा डान्स (भिडियो सहित)

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

काठमाडौँ , चलचित्र ‘गोर्खे’को गीत युटुबमा रिलिज गरिएको छ । तिहारको अवसरमा ‘सिन्की अचार’ बोलको डान्सिङ्ग नम्बर रिलिज भएको हो । यसै वर्ष प्रदर्शनमा आउने बताइएको ‘गोर्खे’को यो पहिलो गीत हो । गीतमा अभिनेता रविन्द्र प्रताप सेन र अभिनेत्री अञ्जली अधिकारीले उत्कृष्ट नृत्य गरेका छन् छन् ।
नग्वा फिन्जु पाख्रिनको शब्द तथा संगीतमा गीत बनेको हो भने स्वर अन्जु पन्त र आर सी रिमालले दिएका छन् । फिल्ममा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । तिर्थ कोजु र हरि थापा निर्माता रहेका छन् भने फिल्मलाई सन्तोष ढकालले निर्देशन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 − = 44