के तपाईलाई मेवा खानुको फाइदाबारे थाहा छ ?यो फलले यस्ता ९ वटा प्राणघातक रोगहरुबाट बचाउछ( अवस्य पढ्नुहोस्)

  • 202
  •  
  •  
  •  
  •  
    202
    Shares

काठमाडौ । के तपाईलाइ मेवाको फाइदाको बारेमा थाहा छ ? मेवाको फलमात्र हैन, बोक्रा र पातले पनि हाम्रो शरिरलाई अति नै फाइदाजनक रहेको विज्ञहरुले बताएका छन् । त्यसैले मेवालाई स्वादिलो तथा स्वास्थ्यवर्धक फल भनिएको हो । त्यसैकारण यो फल खाई विभिन्न रोगहरुबाट पनि बच्नुहोला । हेरौ यसका अचुक फाइदाहरु

– यसको पहिलो फाइदा छालाका लागि निकै लाभदायी मानिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ ।

–त्यसैगरी दोस्रोमा मेवमले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

–तेस्रोमा छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।

–चौथोमा मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

–पाचौ औषधीको हो , मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

–त्यस्तैगरी छैटौमा उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ भने खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी हट्छ ।

–त्यसैगरी सातौ उपाय भनेको यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

–त्यसैगरी आठौ औषधी हो , मेवाले रजस्वला अनियमित भएकोमा पनि सुधार गर्दछ । साथै यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउँछ ।

–त्यसैगरी नौमा मेवाले विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ । त्यस्तै अनुसन्धानकर्ताका अनुसार मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने र पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =