जन्मदै उठ्न नसक्ने अवस्थामा जन्मिएका दिदीबहिनीले गाए यति मिठो गीत, सुन्ने सबैको आँखा रसाउँछन् (भिडियोसहित )

  • 743
  •  
  •  
  •  
  •  
    743
    Shares

काठमाडौँ,२० कात्तिक । जन्मेको ६ महिना पश्चात आफुले ओछ्यान छोड्न नसकेका पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित एकै घरका ३ जना अपाङ्ग किशोरीहरुको अवस्था दर्दानक रहेको छ । निरन्तर उपचार गर्दा परिवार नै आर्थिक समस्यामा परेपछि ३ किशोरीहरुलाई सुतेर नै मृत्युको बाटो कुरिरहेका छन् ।

१० सन्तानको बाबू बल बहादुर परियारको चार छोरी एकै चोटी अपाङ्ग भएका हुन् । एक छोरीको मृत्यु भइसकेको छ भने उनले तीन छोरी २३ वर्षकी मिठु परियार, १५ वर्षकी गंगा र १३ वर्षकी अनितालाई ओछ्यानमा नै पाल्दै आएका छन् । बल बहादुरले आफ्नो १० सन्तान मध्ये चार सन्तानलाई गुमाइसकेका छन भने ६ सन्तानको लालनपालन गर्दै आएका छन् ।

उनीहरुलाई सहयोग गर्नको लागि केही सहयोगी संस्थाहरु बेलाबेलामा सहयोगको पोको लिएर उनीहरुको घरसम्म पुग्ने गरेको छ । भरर्खरै उनीहरुलाई पोखराको बिरौटामा रहेको विरुवा बचत तथा ऋण सहकारी संस्थाले नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 12 =