बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकियो

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानसँग बराबरीमा रोकिएको छ । बुधबार विहान इन्टरको घरेलु मैदानमा भएको खेलमा बार्सिलो १-१ को बराबरीमा रोकिएको हो । बार्साको घरेलु मैदानमा भएको पहिलो लेगमाा २-० को जित निकालेको बार्सिलोना दोस्रो लेगमा भने बराबरीमो रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८३ औं मिनेटमा बार्सिलोनाका माल्कोमले गोल गर्दै अग्रता दिलाएका थिए । तर बार्सिलोनाको अग्रता लामो समय टिक्न सकेन । ८७ औं मिनेटमा इन्टरका माउरो इकार्डीले गोल गरेपछि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो । समुह बी मा १० अंक जोड्दै बार्सिलोना शिर्ष स्थानमा रहँदा ७ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ 6 =