नेपोलीसँग पिएसजीको दोस्रो बराबरी

  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares

काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नेपोली र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले दोस्रो बराबरीमा रोकिएका छन् ।

समुह बीमा रहेका दुई टोली पहिलो लेगमा २-२ को बराबरी खेलेका थिए । बुधबार राति नेपोलीको मैदानमा भएको खेलमा दुई टोलीले १-१ को बराबरी खेलेका हुन् ।

पहिलो हाफको इन्जुरी टाइममा जुलन बेर्नाटले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर पिएसजीको उक्त अग्रता दोस्रो हाफमा कायम रहेन । ६२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई नेपोलीका लेनार्जोले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल १-१ को बराबरीमा सकियो ।

यो समुहमा ६ अंक जोडेको नेपोली पहिलो स्थानमा, समान अंक जोडेको लिभरपुल दोस्रो स्थानमा र ५ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 41 = 42