लक्ष्मी पुजाको दिन यस्तो देखियो काठमाडौं (भिडियोमा हेर्नुहोस्)

  • 223
  •  
  •  
  •  
  •  
    223
    Shares
काठमाडौंः तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजामा काठमाडौं झिलिमिली देखिएको छ । साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् ।

लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 80