सोलारी आएपछि रियल मड्रिडको लगातार जित, च्याम्पियन्स लिगमा भिक्टोरिया प्लोजमाथि ५-० ले विजयी

  • 134
  •  
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल रियल मड्रिडले शानदार जित निकालेको छ । विहिबार विहान समुह जी अन्र्तगत अवे मैदानमा भएको खेलमा रियलले भिक्टोरिया प्लोजलाई ५-० गोलले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जेमाले २ तथा कासिमिरो, ग्यारेथ बेल र टोनी क्रुसले १-१ गोल गरे ।

खेलको २० औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट पछि कासिमिरोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

३७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेन्जेमाले रियलको अग्रता तेब्बर पारे । उनले यही गोल मार्फत रियलबाट २०० गोल समेत पुरा गरेका छन् । ४० औं मिनेटमा बेलले गोल गरेपछि रियलले पहिलो हाफमा ४-० को अग्रता बनायो । ६७ औं मिनेटमा क्रुसले रियलका पाँचौ गोल गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र रियल विजयी भयो ।

खराब प्रर्दशन पछि जुलन लोपेटेगुई बर्खास्तीमा परेपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका सेन्टियागो सोलारीको नेतृत्वमा रियलको यो तेस्रो जित हो ।

सोलारीको नेतृत्वमा रियलले यसअघि कोपा डेल रे मा तेस्रो डिभिजनको मेलिल्लाविरुद्ध र ला लिगामा रियल भालाडोलिडविरुद्धको खेल जितेको थियो । जितसँगै ९ अंक जोडेको रियल समुहको शिर्ष स्थानमा छ । समान अंक जोडेको रोमा भने गोलसंख्याका कारण दोस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =