रोनाल्डोले गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडसँग हार्यो युभेन्टस, युनाइटेडको उत्कृष्ट कमव्याक

  • 121
  •  
  •  
  •  
  •  
    121
    Shares

काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित बनेको छ । घरेलु मैदानमा विहिबार विहान भएको खेलमा युभेन्टस युनाइटेडसँग २-१ गोलले पराजित भएको हो ।

युभेन्टसबाट च्याम्पियन्स लिगमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरेपनि उनको टोली हारबाट जोगिएन । युभेन्टसका डिफेन्डर एलेक्स सान्द्रोले गरेको आत्मघाती गोल नै युभेन्टसको हारको कारण बन्यो । युनाइटेडका तर्फबाट जुवान माटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ८६ औं मिनेटमा माटाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ८९ औं मिनेटमा सान्द्रोले आत्मघाति गोल गरेपछि युभेन्टसले नतिजा युनाइटेडलाई सुम्पियो ।

समुह एच मा रहेका दुई टोलीबीचको पहिलो लेगमा युभेन्टस १-० गोलले विजयी भएको थियो । यो समुहमा ९ अंक जोडेको युभेन्टस शिर्ष स्थानमा रहँदा ७ अंक जोड्दै युनाइटेड दोस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =