शाक्टार डोनेस्ट्क पोस्टमा म्यानचेस्टर सिटीका ६ गोल, गाब्रियल जेसुसको ह्याट्रिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः इंग्लिस क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शाक्टार डोनेस्ट्क माथि शानदार जित दर्ता गरेको छ । च्याम्पियन्स लिगको समुह एफ मा रहेका दुईटोलीबीच विहिबार विहान भएको खेलमा सिटी ६-० गोलले विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन ब्राजिलियन स्टार गाब्रियल जेसुसले ह्याट्रिक गरेभने डेभिड सिल्भा, रिहाद महारेज र रहिम स्टर्लिङले एक-एक गोल गरे ।

खेलको १३ औं मिनेटमा गोल गर्दै सिल्भाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा जेसुसले पेनाल्टी मार्फत गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो । पहिलो हाफमा २-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप चार गोल गर्यो ।

४८ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटीले ३-० को अग्रता बनायो । ७२ औं मिनेटमा सिटीले पुनः पेनाल्टी पायो, जसमा जेसुस चुकेनन् र ४-० को अग्रता बनायो । ८४ औं मिनेटमा महारेजले गोल गर्दा सिटी ५ गोलले अघि रहेको थियो ।

इन्जुरी टाइममा जेसुसले गोल गर्दै ह्याट्रिक पुरा गरेपछि सिटीले ६-० को जित निकाल्यो । जितसँगै ९ अंक जोडेको सिटी यो समुहको शिर्ष स्थानमा छ । ६ अंक जोडेको लियोन दोस्रो स्थानमा रहँदा २ अंक जोडेको डोनेस्ट्क चौथो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7