‘भ्वाइस अफ नेपाल’बाट बाहिरिएका तेजेन्द्रको पहिलो गीतले नै छोयो दर्शकको मन (भिडियो)

  •  
  •  
  •  

काठमाडौँ, ५ मंसिर । ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरीएका तेजेन्द्र गन्दर्भले आफ्नै कथामा आधारित गीत सार्वजनिक गरेका छन् । निकै चर्चामा रहेको रियालीटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरीए लगतै मिडियाहरुसँगको अन्तरवार्तामा व्यस्त रहेका तेजेन्द्रले मंगलबार मात्रै आफ्नो आवाजमा रहेको ‘साँईलीरीमाई’ गीत दस म्युजिक नेपालको युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।

दिपी खनालले तेजेन्द्रकै जीवन कथामा आधारित रहेर तयार पारेको गीतमा तेजेन्द्रले नै स्वर भरेका छन् भने म्यूजिक भिडियोमा पनि तेजेन्द्रले नै अभिनय गरेका छन् । शंकर थापा स्माइलको संगीतमा प्रस्तुत गरिएको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । विकास सुवेदीको निर्देशनमा बनेको यो गीतलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । हिजो भर्खरै युट्युव मार्फत सार्वजनिक गरिएको गीतलाई दर्शकहरुले अत्याधिक मात्रामा रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

68 − 66 =