‘ए मान्छे’ सँगै यस्तो रह्यो गायक सचिनको कमब्याक

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौँ,९ मंसिर । करिब १२ वर्षपछि पुराना गायक सचिन रौनियारले ‘ए मान्छे’ बोलको गीतसँगै सांगीतीक क्षेत्रमा कमब्याक गरेका छन् । आज भन्दा डेढ दशक अगाडी सांगितीक क्षेत्रमा चर्तित रहेको नाम लामो समयपछि डिजिटल युग सुरु भएसँगै नयाँ गीत लिएर एक कार्यक्रम मार्फत प्रस्तुत भएका हुन् । लेखक प्रकाश सापकोटाको शब्दमा सजिएको ‘ए मान्छे’ बोलको गीत सचिनको डिजिटल युगको पहिलो गीत रहेको छ ।

अनेकतामा एकताको सन्देशसँगै बजारमा स्रोता र दर्शकमाझ आएको ‘ए मान्छे’ लाई जितेन लोप्चनले संगीत भरेका छन् भने सचिन रौनीयारको स्वर रहेको गीतमा उनीसँगै बबिन र भिम तुलाधर लगायतका कलाकार रहेका छन् । विभिन्न भाषाभाषी बिचको एकतालाई प्रस्ट्याइएको गीतलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् ।

निकै रमाइलो दृष्यलाई क्यामेरामा कैद गराएर म्युजिक भिडियोलाई उत्कृष्ट बनाउनको लागि निकै मेहनतको साथ उत्सव दहाल र विजय बस्नेतले भिडियो खिचेका छन् भने गम्भिर विष्टले कोरियोग्राफ गरेका छन् । म्युजिक भिडियोको सम्पादन भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

को हुन् सचिन रौनियार ?

सांगीतिक क्षेत्रमा करिब अढाई दशक बिताइसकेका सचिन रौनियार पुराना गायक हुन् । बि.सं. २०४३ सालमा नै पहिलो एल्बम ‘सर्च’ लिएर बजारमा आएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । ‘सर्च’ सँगै ‘स्पर्श’, सारेगामा लगायतको थुप्रै एल्बम चर्चित रहेका छन् ।

‘छ भनौ कि छैन भनौ’ , ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी’ , ‘ए माया कहाँ छौ कहाँ’ , ‘झन् झन् बढ्यो याद तिम्रो’ , ‘आफ्नो मान्छे’ जस्ता गीतहरु उनले पछिल्लो पुस्तालाई सम्म पुर्याएका थिए । तर पछिल्लो १२ वर्षपछि उनी फेरि ‘ए मान्छे’ लिएर आएका सचिनले संगीतलाई निरन्तरता दिने बताउँदै आफ्नो गीतले रमाइलोसँगै सन्देश पनि दिन सक्ने गीतहरु ल्याउने चाहना रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 54