पाँच कम्पनीका नेपालमा पाइने ५ सस्ता कारको यस्तो छ मूल्य

  • 254
  •  
  •  
  •  
  •  
    254
    Shares

काठमाडौंः नाडा अटोमोवाईल एशोसिएसन अफ नेपालले आफ्ना गाडी बिक्रेता सदस्यहरुले बिक्री गर्दै आएको सवारी साधनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ मूल्यसूची अनुसार नेपाली बजारमा उपलब्ध बिभिन्न कम्पनीका कम मूल्यका कारको मूल्य यहाँ उल्लेख गरिएको छ । यी हुन्ः

हुन्डाई
नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री वितरण गर्दै आएको हुन्डाईको सर्वा्धिक मनपराइएको मध्यको एक कार ग्रान्ड आई १० पर्ने गरेको छ । चार भेरिएन्टमा उपलब्ध यो कारमा ११९७ सीसी क्षमताको इन्जिन रहेको छ । यस कारको सुरुवाति भेरिएन्टको मूल्य २७ लाख ९६ हजार रहेको छ भने टप मोडलको मूल्य ३४ लाख ५६ हजार रहेको छ ।

रेनो
फ्रान्सेली अटो उत्पादक कम्पनी रेनोको क्वीड नेपाली बजारमा मनपराइएको मध्यमा पर्ने इन्ट्री लेवल कार हो । यसलाई कम्पनीले नेपाली बजारमा ६ भेरिएन्टमा उपलब्ध गराएको छ भने, यसको सुरुवाति भेरिएन्टको मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ रहेको छ, भने टप भेरिएन्टको मूल्य २४ लाख ५८ हजार ५५६ रुपैयाँ तोकिएको छ । यो कारमा ९९९ सीसी क्षमताको १.० लिटर पेट्रोल इन्जिन दिइएको छ । आकर्षक डिजाइन तथा विशेषताका कारण नेपाली बजारमा यो कारको बिक्री राम्रो रहेको मानिन्छ ।

मारुती
नेपाली बजारमा निकै चर्चित कार हो मारुती सुजुकी ‘सेलेरियो यसलाई कम्पनीले तीन भेरिएन्टमा बजारमा ल्याएको छ । ९९८ सीसी क्षमताको इन्जिन दिइएको सेलेरियोको सुरुवाति मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने, टप भेरिएनटको मूल्य २७ लाख ४९ हजार तोकेको छ ।

टाटा
टाटा नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्नो सबैभन्दा सस्तो कारको रुपमा ‘टियागो’को मूल्यसूची प्रकाशन गरेको छ । ११९९ सीसी इन्जिन क्षमताको यो कार नेपाली बजारमा तीन भेरिएन्टमा उपलब्ध रहेको छ । यसको सुरुवाति मूल्य २४ लाख ९५ हजार रुपैयाँ रहेको छ भने, टप भेरिएन्टको मूल्य ३० लाख ९५ हजार रहेको छ ।

महिन्द्रा
महिन्द्राको सबैभन्दा सस्तो कार मोडल ‘केयूभी’ हो । बिभिन्न चार भेरिएन्टमा उपलब्ध यो कारको सुरुवाति मूल्य २६ लाख, ८५ हजार रुपैयाँ रहेको छ भने, टप भेरिएन्टको मूल्य ३४ लाख ४५ हजार रुपैयाँ रहेको छ । केयूभी १०० एनएक्सटी लाइनअपमा निर्माण भएको मिड पेट्रोल भेरियन्टको कार नेपाली बजारमा उपलब्ध रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

67 − = 58