जनताको प्रतिवादपछि जोर बिजोर प्रणाली हटाउन सरकार बाध्य (सूचनासहित)

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं, १४ मंसिर । विवादास्पद धार्मिक संस्थाले आयोजना गरेको कार्यक्रमका लागि सरकारले चार दिनका लागि उपत्यकामा लगाएको जोर बिजोर प्रणाली हटाइएको छ ।

सर्वसाधारण जनताले स्वतस्फूर्त रूपमा जोर बिजोर प्रणालीको अवज्ञा गरेपछि सरकार यो नियम हटाउन बाध्य भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान ११ः३० बजेखदेखि उपत्यकाका सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली गृह मन्त्रालयको निर्देशनमा हटाइएको जानकारी गराएको छ ।

युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासेफिक समिटमा सहभागी आउने विदेशी पाहुनाको आवत जावतमा सजिलो होस् भन्ने उद्देश्यले सरकारले मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लगाएको थियो । जसका कारण स्कुल, कलेज, कार्यालय जानेहरूले निकै सास्ती खेप्दै आएका थिए ।

बिहीबारदेखि नै सरकारले लागू गरेको यो नियमको अवज्ञा गर्ने क्रम सुरु भएको थियो । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जोर बिजोर प्रणालीको अवज्ञा गर्न सार्वजनिक रूपमै आह्वान गरेपछि सरकार पछि हट्न बाध्य भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 9 =