डा.प्रकाशचन्द्र लोहनीद्वारा एसिया प्यासेफिक समिटको डिनर बहिष्कारको घोषणा

  • 86
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौं, १४ मंसिर । एकीकृत राप्रपा (राष्ट्रवादी) का संयोजक डा.प्रकाशचन्द्र लोहनीले आजदेखि सुुरु भएको एसिया प्यासेफिक समिटको डिनर बहिष्कारको घोषणा गरेका छन् ।

नेता लोहनीले युनिफिकेसन चर्चको बजारीकरणका लागि आयोजित सम्मेलनलाई अर्थहीनको विशेषण दिँदै आफ्नो पार्टीले डिनरका लागि बोलाइएको निम्ता बहिष्कारको घोषणा गरेका हुन् ।

उनले शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारकिरणका लागि नेपालका प्रधानमन्त्रीसहित १५ सय दम्पतीलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य भएको उल्लेख गरेका छन् ।

‘नेपालका लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने र उक्त चर्चका इसाई पादरीबाट नेपालका ठूलाबडाका दम्पतीसहित आशीर्वाद लिने काममा सीमित रहेको देखिन्छ,’ लोहनीले लेखेका छन् ।

उनले युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र बुद्धभूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन रहेको टिप्पणी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ 8 =