यस्तो छ बिहान खाली पेटमा तातोपानी खानुको फाइदा, स्वास्थ्य समस्यादेखि लिएर सौन्दर्यसम्म

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ,१५ मंसिर । तातोपानी स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको छ । तातोपानीले स्वास्थ्यको लागि मात्र नभएर सौन्दर्यता बढाउनको लागि पनि निकै फायदानक रहेको चिकित्सकहरुको भनाइ रहेको छ । बिहान खाली पेटमा तातो पानी पिउनु स्वास्थ्यको लागि सबैभन्दा उत्तम मानिन्छ ।

नियमित रुपममा तातो पानीको सेवन गर्नाले कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ भने तातोपानीले मटोपनलाई समेत घटाउँछ ।स्वास्थ्यको लागि अति आवश्यकिय पदार्थ पानीले अत्याधिक फाइदा दिन्छ । तातोपानीले स्नान गर्नाले शरिरलाई उर्जा प्रदान गर्नुको साथै थकान मेट्छ । छाला सम्बन्धी रोग भएका व्यक्तिहरुको लागि तातोपानीको दैनिक प्रयोगले निको पार्दछ ।

तातोपानीमा गुलाब पानी मिसाएर मालिस गर्नाले शरिरको दुखाई र थकान बाट मुक्त गर्दछ । तातोपानीले रक्त सञ्चारलाई ठिक राख्दछ । तातो पानीसँगै कागती र मह मिसाएर पिउने गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । चिसो पानी पिउनु मृगौलाको लागि खतरनाक मानिन्छ । त्यसकारण हरेक दिन मनतातो पानी पिउनु उचित हुन्छ । मनतातो पानी पिउनाले शरिरमा रहेको विभिन्न प्रकारका दुर्गन्ध हटाइ हाड जोर्नीको दुखाइलाई समेत कम गर्दछ ।

हरेक दिन मनतातो पानी पिउनाले भविष्यमा हुने हाड जोर्नी सम्बन्धी समस्यालाई समेत टाढा राख्दछ । स्वास तथा मृगौला सम्बन्धी रोग भएका व्यक्तिहरुको लागि चिसो पानीले विभिन्न किसिमका समस्याहरु थपिने भएकाले तातो पानी पिउनु नै फाइदाजनक मानिन्छ । अझ चिसो मौसममा चिसो पानी भन्दा मनतातो पानी पिउने गर्नाले भविष्यमा हुने रोगहरु हटउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1