अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्न नेकपा नेताहरूको माग

  • 810
  •  
  •  
  •  
  •  
    810
    Shares

काठमाडौं, १६ मंसिर । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले माग गरेका छन् ।

राजदूत शेर्पामाथि उनकै सहयोगीले मानव तस्करी जस्तो संगीन आरोप लगाएका हुन् । यस घटनाले देशलाई कूटनीतिक वृत्तमा लज्जित बनाएको भन्दै नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले कारबाहीको माग गरेका हुन् । उनलाई तुरून्त बर्खास्त गरी कÞानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

‘विगतमा विवादमा आउनासाथ विश्व प्रधान, माया शर्मा, हमिद अन्सारीलगायतका राजदूत बर्खास्त भएको इतिहास सरकारले सम्झोस्,’ नेता रिजालले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् ।

यस्तै, नेकपाका अर्का नेता युवराज चौलागाईले पनि राजदूत शेर्पालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । राजदूत शेर्पामाथि मानव तस्करीको संगीन आरोप लागेबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर झुकेको उनले टिप्पणी गरेका छन् ।

‘राजदूत मुलुकको दूत हो । नेपालका एक राजदूतका बारेमा मानव तस्करीको संगीन आरोप लागेको छ, जसका कारण अन्तर्राष्ट्रिय समुदायसामु मुलुकको शिर झुकेको छ । नेकपाको समेत सिफारिसमा त्यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेको व्यक्तिबाट त्यसखालको आपत्तिजनक काम भएको सुन्दा हामी लज्जित भएका छौं । नेकपा र नेपाल सरकारले यस परिघटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई छानबिन गर्नुपर्छ र पदको दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्नुपर्दछ,’ चौलागाईले फेसबुकमा लेखेका छन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विदेश विभाग हेर्ने नेता हुन् ।

वाङ्छु शेर्पाले नेपालबाट प्रसारण हुने एक टेलिभिजनमार्फत राजदूत र उनका परिवारलाई मानव ओसार पसारमा संलग्न रहेको आरोप लगाएका थिए । तर अस्ट्रेलियाका लागि नेपाली दूतावासले राजदूत शेर्पाविरूद्ध शेर्पाले झूटा आरोप लगाएर बदनाम गर्न खोजेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । क्यानबेरास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै राजदूत र उनको परिवारविरूद्ध झूटा आरोप लगाएर बदनाम गर्न खोजेको जनाएको हो ।

सन् २०१७ को नोभेम्बर २१ का दिन अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेको र उनीमाथि सिंगापुरमा समेत मुद्दा चलेको उल्लेख गरिएको छ । वाङ्छु शेर्पा दूतावासमा सवारी चालक थिए । लक्की शेर्पा राजदूत बन्नुअघि नै उनका श्रीमान्ले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै २२ लाख रुपैयाँ लिएको उनले आरोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 − 73 =