युनिफिकेसन चर्चकी प्रमुख हानले आज प्रधानमन्त्री दम्पतीसहित १५ सयलाई आशीर्वाद दिने र पवित्र जल छर्कने

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं, १६ मंसिर । युनिभर्सल पिस फेडरेसनले काठमाडौंमा आयोजना गरेको विवादास्पद एसिया प्यासिफिक सम्मेलन आज सकिँदै छ ।

सम्मेलनको दोस्रो दिन आज जलवायु परिवर्तन, सञ्चारमाध्यम र पारिवारिक सुदृढिकरणसम्बन्धी विभिन्न चरणका कार्यक्रम हुनेछ ।
सम्मेलनको प्रधानमन्त्री केपी ओलीले समापन गर्ने कार्यक्रम छ ।

त्यसअघि प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय नेपाली दम्पतीलाई युनिफिकेसन चर्चकी संस्थापक डा. हाक जा हान मुनले आशीर्वाद दिने र पवित्र जल छर्कने भएकी छन् । यस्तो आर्शिवाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य, यसको बजारीकरणका लागी महत्वपूर्ण मानिन्छ ।

सम्मेलनमा शनिबार हानले नेपाल क्रिस्चियन मुलुक बन्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले त्यसो भन्दा प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ताली बजाएका थिए ।

चौतर्फी विरोधको बाबजुद पनि नेपाल सरकारले इसाईकरणका लागि आफैं सहयोगी बनेको छ । प्रधानमन्त्री ओली तीन दिनसम्म देश र जनताको काम गर्न छाडेर एउटा आईएनजीओको कार्यक्रममा व्यस्त छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4