मंसिर २२ गते टुँडिखेलमा लाउरे र सुगम पोखरेल गाउने, स्वस्तिमा खड्का नाच्ने

  • 103
  •  
  •  
  •  
  •  
    103
    Shares

काठमाडौं, १६ मंसिर । आगामी मंसिर २२ गते शनिबार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा चलचित्र क्षेत्रमा दुई दर्जनभन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वल्र्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेशजंग कुँवर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइनलागायत दुई दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कार्यक्रम बिहान १० देखि साँझ ७ बजेसम्म हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + = 19