मिस वर्ल्ड २०१८ की श्रृङ्खला टप २० बाट बाहिरिन् , हेर्नुस् उनले रुदै पठाएको पाँच मिनेट लामो भिडियो

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौं । मिस वर्ल्ड २०१८ की श्रृङ्खला खतिवडाको यतिखेर पाँच मिनेट लामो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जुन भिडियो उनले आफू दोस्रो चरणको हार पछि बोल्दा बोल्दै रोएको भिडियो इन्स्टाग्राममा पोष्ट गरेकी हुन् ।

उनी हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी दोस्रो चरणमा भने पराजित हुनुपर्यो । श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन् । सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन् ।

तर त्यसपछि बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन् । जसमा उनले आफूलाई पछि पारेकी मिस सिंगापुर आफ्नो एकदमै मिल्ने साथी भएकोले उसको बारेमा नकारात्मक कमेन्ट नगरिदिन पनि अनुरोध गरेकी छन् ।

त्यसैगरी उक्त भिडियोमा बारम्बार ’सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन् । तर टप ३० मा पर्नका लागि अझै पनि संभावना रहेको भन्दै उनले निराश भै नहाल्न अनुरोध पनि गरेकी छन् । अन्य विभिन्न बिधाबाट भोटिङको आधारमा टप ३० मा पर्ने उनको संभावना जिवित नै छ । तर उनको यो हारले केही फरक पर्ने छैन् । आगामी मंसिर २२ गते हुने फाइनलमा उनको त्यो प्रतिभाले स्थान पाउने नपाउने भन्नेमा चाही यतिखेर आम नेपाली समर्थकहरुको पर्खाइ रहेको छ ।हेरौ आँखा रसाउँदै उनले नेपालका लागि पठाएको यो पाँच मिनेट लामो भिडियो सन्देश


 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 1