प्रियंका र निकको विवाहमा बन्दुकसहित इजरायलबाट आए खतरनाक सुटर

  • 308
  •  
  •  
  •  
  •  
    308
    Shares

एजेन्सी,१७ मंसिर । क्रिस्चियन परम्परा अनुसार विवाह गरिसकेका अभिनेत्री प्रयंका चोपडा र गायक निक जोनको आज हिन्दु परम्पराअनुसार विवाह हुँदैछ । हाई प्रोफाइलको विवाहको फोटोहरु बाहिर नजाओस् भन्ने हिसाबले जोधपुरमा निकै कडा सुरक्षा तैनाथ गरिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

उनीहरुको हाई प्रोफाइलको विवाहको फोटाहरु म्याग्जिनलाई २.५ मिलियन डलरमा बिक्री गरिएको कारण उनीहरुको विवाहमा फोटो खिच्न र विवाहको बारेमा जानकारी बाहिर नजाओस् भनेर नै सुरक्षा व्यवस्था कडा गरिएको बताइएको छ । विवाहको तस्वीर कसैले बाहिरबाट खिच्न नपाउन भनेर नै इजरायलबाट २ जना खतरनाक स्नाइपर राइफलसहित शार्पसुटर बोलाइएको हो । सुटरहरुले उम्मेद भवनमा ड्रोन उडेको देख्ने साथ गोली हानेर खसाली दिनेछन् ।

उनीहरुको विवाहमा बोलाइएको पाहुनालाई समेत ५०० रुपैयाँको स्टाम्प पेपरमा विवाहको फोटो र जानकारी कसैलाई नदिने सर्त सहितपत्रमा हस्ताक्षर गराइएको खबर दैनिक भास्करमा उल्लेख गरिएको छ । यदि कसैले ५०० रुपेयाँ छापिएको स्टाम्प पेपरमा भएको सम्झौताको सर्तहरु उलंघन भएमा विवाहमा उपस्थित जो कोहीले जेल सजाय भोग्नुपर्ने छ । निकको तर्फबाट सुरक्षाको लागि १ सय सेक्युरेटी गार्ड तैनाथ गरिएको छ भने हरियाणाको अर्को सुरक्षाकर्मीको टोलीले पनि सुरक्षाको जीम्मा लिएको छ ।

बिवाहमा निम्त्याइएका पाहुनाहरुको लागि विशेष कार्डको व्यवस्था गर्नुको सार्थ कार्डमा भएको कोड स्क्यान नगरि भित्र जान पाइने छैन् । उपस्थित सबै पाहुनाको फोन र क्यामेरा सुरक्षाकमीृले लिएका छन् । विवाहमा जाने पाहुनालाई फोन र क्यामेरा लान निषेध गरिएको छ । विवाह व्यवस्थापन गरिएको कम्पनीका कर्मचारीलाई फोनको आावश्यक पर्छ भनेर कि प्याड फोन दिइएको छ जुन फोन आउने र एसएमएस गर्न मात्र मिल्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 16