घनश्याम भुसालले भने, ‘ओली नग्न प्रर्दशनको मूल्य मुलुकका दरसन्ताले लामो समयसम्म चुकाउनु पर्नेछ’

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले सरकारले विवादी संस्थाले आयोजना गरेको एसिया प्यासेफिक समिटमा सरकारको सहभागिताका विषयमा चर्को विरोध गरेका छन् ।

काठमाडौंमा युनिभर्सल पिस फेडरेसन (युपिएफ)ले आयोजना गरेको विवादस्पद कार्यक्रममा सरकारको सहभागिताका बारेमा नेता भुसालले विरोध जनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रम विवादस्पद यूनिफिकेसन चर्चले आयोजना गरेको हो । जुन कार्यक्रमको उद्धेश्य धर्म प्रचार नै थियो, भन्ने पुष्टी भइसकेको छ । विवादीत कार्यक्रममा ओलीलाई एक लाख डलर सहित ‘गुड लिडरसिप एन्ड गभर्नेन्स’ अवार्ड समेत प्रदान गरिएको थियो ।

नेता भुसालले उक्त कार्यक्रममा सरकारको सहभागिता प्रति लक्षित गर्दै यस्तो कार्यको मूल्य मुलुकका दरसन्तानले लामो समयसम्म तिर्नुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ ।’

क्रिश्चियन धर्म प्रचारकले आयोजना गरेको कार्यक्रममा सरकारको भूमिका प्रति जनस्तरमा समेत तिव्र विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =