प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको आक्रोश, अस्थिरताका पुजारीहरूको यस्तो खेल कहिलेसम्म बेहोर्नुपर्ने हो ?

  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं, १७ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पार्टीभित्रै अल्पमतमा परेको भन्ने चर्चाको प्रतिवाद गरेका छन् ।

नेकपाको ४५ सदस्यीय कमिटीमा ओलीको पक्षमा ११ जना र प्रचण्ड–माधव नेपालको पक्षमा बहुमत सदस्य रहेको भन्दै समाचार आउन थालेपछि मुख्यमन्त्री पोखरेलले त्यसको प्रतिवाद गरेका हुन् । पोखरेल पार्टी अध्यक्ष ओलीका विश्वासपात्र हुन् । उनले आइतबार राति ट्विटरमार्फत ओलीको बचाउ गरेका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा ५ नम्बर प्रदेश इन्चार्ज रहेका पोखरेलले दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री पार्टीभित्रै अल्पमतमा रहेको भन्ने प्रचार गर्नेलाई अस्थिरताको पुजारीको संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘दुई तिहाइको समर्थन प्राप्त प्रम पार्टीभित्रै अल्पमतमा भन्ने कुप्रचार सुरु भएछ । अस्थिरताका पुजारीहरूका यस्ता खेल कति बेहोर्नुपर्ने हो ।’

पोखरेलको अभिव्यक्तिले अहिले केही नेताहरू सरकारलाई कमजोर बनाएर अस्थिरता ल्याउन उद्यत रहेको बुझ्न सकिन्छ । उनले पार्टीभित्रैका केही नेताप्रति यस्तो संकेत गरेका हुन् ।

आइतबार प्रकाशित हुने केही पत्रिका र अनलाइन पत्रिकामा ओली पार्टीभित्रै अल्पमत भन्ने समाचार आएका थिए । समाचारमा ४५ सदस्यीय स्थायी समितिमा ओलीसँग ११, प्रचण्डसँग २१ र माधव नेपालसँग १२ जना सदस्य रहेको र झलनाथ खनाल कतै नखुलेको उल्लेख थियो ।

त्यति मात्र होइन, पार्टीको नौ सदस्यीय केन्द्रीय सचिवालयमा समेत ओलीसँग ईश्वर पोखरेल मात्र साथमा रहेको र अरु सबै असन्तुष्ट रहेको बताइन्छ । स्थायी कमिटी र केन्द्रीय सचिवालयमा अल्पमतमा परेकै कारण ओलीले पार्टीको बैठक बोलाउन आनाकानी गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =