नेपाल आइडल सिजन २ का प्रस्तोता आसिफले दर्शकको कडा आलोचनापछि मागे माफी ,कारण यस्तो छ (हेर्नुस्)

  • 700
  •  
  •  
  •  
  •  
    700
    Shares

काठमाडौं । नेपाल आइडलको विहीबारको एपिसोडको धेरै आलोचना भएपछि कार्यक्रममा प्रस्तोता आसिफ साहले माफी मागेका छन् । अभिनेतासमेत रहेका शाहले बिहीबार प्रसारित कार्यक्रममा बोलेका शब्दले दृष्टिविहीनहरूको उपेक्षा गरेको भन्दै व्यापक आलोचना भएपछि माफी मागेका हुन् ।

कार्यक्रममा उनीहरुले माधव प्रसाद घिमिरे तथा नेत्र विशेषज्ञ डा सन्दुक रुइत आदीको योगदानलाई देखाएका थिए । जसमा डा सन्दुकको योगदानको बारेमा बोल्ले क्रममा आसिफले ‘आँखा नहुँदो हो त यो सप्तरंगी संसार व्यर्थ हुँदो हो । ’ भनेका थिए । तर उक्त भनाइले दृष्टिविहीनहरूको भावनामा चोट पुर्याएको भन्दै टीकाटिप्पणी र आलोचना भएको र शब्द चयनमा ध्यान नदिएको भन्दै कार्यक्रमको स्क्रिप्ट लेख्नेदेखि लिएर नेपाल आइडल टिमकै जताततै आलोचना भएपछि  आशिफले फेसबुमार्फत माफी मागेका हुन् ।

उनले फेसबुक मार्फत यस्तो लेखेर माफी मागेका थिए , गत बिहीबार प्रसारित नेपाल आइडलको राष्ट्रभक्तिसम्बन्धी विशेष एपिसोडमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वहरूको भनाइसमेत प्रस्तुत गर्ने क्रममा नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतका लागि म बाट बोलिएका केही लाइनबाट सम्बन्धित पक्षमा पर्न गएको असुविधा प्रति म व्यक्तिगत रूपमा क्षमायाचना गर्दछु ।

त्यसैगरी यस बारेमा लगत्तै अर्को दिनको एपिसोडमासमेत उल्लेख गरिसकेका थियौँ र त्यसरी नलिन अनुरोध समेत गरेका थियौं । कसैको भावना कुनै ठेस पुगोस त्यस्तो हामीले चाहना राख्नुपर्ने कुनै कारण छैन । पुनः एकपटक संसारभरबाट रेकर्ड संख्यामा नेपाली दर्शकले दर्शाउनु भएको मायाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा शब्द चयनमा अझ बढी सचेत हुने प्रतिबद्धता व्यक्त गर्दछु ।

उनले यो भन्दा अगाडि नै झनै रोचक कुरा लेखेका थिए । त्यसमा“ म हिजोका दिनमा पनि दृष्टिविहीनप्रति निकै संवेदनशील थिएँ, भोलिका दिनमा पनि हुनेछु । यो घटनाले मलाई आगामी दिनमा दृष्टिविहीनप्रति अझ सम्मान र सद्भाव प्रकट गर्न सिकाएको छ” भनेर लेखेका छन् ।

नेपाल आइडल अहिले विश्व मै दोस्रो धेरै हेरिने कार्यक्रम बनिरहदाँ सिजन २ का नयाँ प्रस्तोताले यस्तो भन्दा आम दर्शक आक्रोसित भएका हुन् । तर यो पटक मात्र नभएर सिजन १ पनि हल्का विवादित नै बनेको थियो । र सिजन २ को सन्दिप क्षत्री पाहुनाको रुपमा आएको एपिसोड पनि आलोचित बनेको थियो । भने अहिले नेपाल आइडलको गाला राउण्ड चलिरहदा ५ जना प्रतिस्पर्धी र्हेका छन् ।

गत बिहीबार प्रसारित नेपाल आइडलको राष्ट्रभक्ति सम्बन्धि विशेष एपिसोडमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका…

Posted by Asif Shah on Saturday, December 1, 2018

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 6