अभिनेत्री रेखा थापा र अभिनेता लय संग्रौला हरितारा चलचित्र पुरस्कारबाट सम्मानित

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

काठमाडौँ, अभिनेता लय संग्रौला र अभिनेत्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कारबाट सम्मानित गरिएको छ । करिब २ दशक देखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै अभिनेत्री थापा र अभिनेता संग्रौलालाई सम्मान गरिएको हो ।

पुरानो फिल्मी पुरस्कारमा गनिने हरितारा चलचित्र पुरस्कार अन्तर्गत उनीहरुलाई जनही २५ हजार राशीको पुरस्कारले सम्मान गरिएको हो । यस्तै, उत्तम केसी र विजय रत्न तुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ बाट सम्मान गरिएको छ । यसको राशी भने जनही १० हजारको रहेको छ ।


नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकारहरुको उपस्थितिमा आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच उहाँहरु संगै रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई समेत ‘परिवर्तन सम्मान २०७५’ बाट सम्मान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 27