‘समर लभ’ को पहिलो गीत ‘साया’ सार्वजनिक (भिडियो सहित)

  • 160
  •  
  •  
  •  
  •  
    160
    Shares

काठमाडौँ,१८ मंसिर । उपन्यासकार सुबिन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’ को आधारमा बन्न लागेको फिल्मको पहिलो गीत ‘साया’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको शब्द र संगीतमा रहेको गीतमा पुष्पन र बानीका प्रधानले स्वर दिएका छन् ।

युवापुस्ताले निकै रुचाएको उपन्यास ‘समर लभ’ फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ। ‘ग्याङ अफ नर्थवेष्ट’ नामको भारतीय फिल्ममा काम गरिसकेकी रेवती क्षेत्रीले ‘साया’ को बोल्ड अभिनय गरेकी छन् । ‘अतित’ को भूमिकामा टीभीसी पेपर एडमा प्रस्तुत भइसकेका मोडल आशिष पियाले डेब्यु गरेका छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा निर्माण हुन लागेको उक्त फिल्मलाई मुस्कान ढकालले निर्देशन गरेका छन् भने मान कृष्ण मर्हजनले छायांकन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 − = 55