यसरी गर्नुहोस् हेयर केयर, राती सुत्दा कपाल बाँधेर सुत्नेकी खोलेर त ?

  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौँ,१८ मंसिर । कपाल मानिसको सौन्दर्यको एक पाटो हो । त्यसकारण कपाललाई विशेष हेरचाह गर्न जरुरी रहेको छ । दिन भर त हामी कपालको स्याहर खुबै गर्छौ, नुहाउँछौँ, तेल लगाएर मालिस गर्छौ । कतै हिड्दा धुलोबाट जोगाउनको लागि मसाज गर्छौ । तर रात भर भने हामी कपाललाई खासै केयर गर्दैनौँ । तर विशेष गरेर राती सुत्ने बेलामा कपालको ख्याल गर्नुपर्छ । यदि राती सुत्ने बेलामा कपालको ख्याल गरिएन भने टुक्रिने रुखो हुने झर्ने जस्ता समस्याहरु आउने गर्छन् ।

राती सुत्दा सुत्ने पोजिसन फरक फरक हुने भएकाले कपाल पनि एउटै पोजिसनमा रहदैन् । त्यसकारण कपाल लट्टा पर्ने, झर्ने जस्ता समस्याहरु बढेर जान्छ । त्यसैले कपालमा हुने क्षतिबाट बच्नको लागि दिन भरि जस्तै रात भर पनि कपालको स्याहार गर्न जरुरी रहेको छ ।
कति पय मान्छेहरु राती कपाल बाधेर सुत्दा झर्छ भन्ने गरेको सुनिन्छ ।

कसैले यसको विपरत भन्ने गर्छन् । जसले गर्दा मानिसहरुमा कपाल बाँधेर सुत्ने वा छोडेर सुत्ने भन्नेम दुविधा हुन्छ । रातको सयमयम कपाल खोलेर हैन् कपाल बाँधेर सुत्न ठिक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कमजोर हुने र झर्ने भएकाले बाँधेर सुत्दा नै राम्रो हुन्छ । यसबाट कपाल झर्ने समस्या कम हुन्छ ।

यस्तो छ कपाल बाँधेर सुत्नुको फाइदा

रुखोपन हटेर जाने :  राती सुत्न प्रयोग गरिएको तकियाले कपालमा प्रयोग गरिएको तेल सोच्ने भएकाले कपाल रुखो हुने गर्छ । जुन समस्याबाट बच्नको लागि कपाल खोलेर सुत्नुभन्दा बाँधेर सुत्नु राम्रो हुन्छ ।

कपाल सिल्की हुन्छ :  कतिपयलाई सिल्की कपाल मन पर्छ । यदि त्यसो हो भने बेलुका सुत्ने बेलामा कपालमा हेयर माक्स लगाएर सावर क्याम्प लगाएर सुत्नुवपर्छ । बिहान उठेर माइल्ड श्याम्पूले कपाल धुएमा कपाललाई सिल्की र साइनिङ बनाउन सकिन्छ ।

कपाल टुक्रने डर हुँदैन :  राती सुत्ने बेलामा कपाल बाधेर सुत्नाले टुक्रने, डर हुँदैन् । सुतीको तकीयाको प्रयोग गरेर सुत्नाले कपाल सुख्खा हुन्छ । यसबाट बच्नको लागि तकियाको खोल सिल्कको प्रयोग गर्नुपर्छ ।

कपाल स्वस्थ हुन्छ : कपाललाई स्वस्थ राख्नको लागि भिजेको कपाल बाध्न हुँदैन् । कपाललाई सुकाएर हल्का किसिमलो बाध्नुपर्छ । यसो गर्दा कपाल टुक्रने ८० प्रतिशत कम गर्छ ।

कपालमा कर्ल बस्छ :  यदि तपाई आफ्नो कपाललाई कर्ली बनाउन चाहनुहुन्छ भने कपाललाई जुरो बनाएर सुत्नुपर्छ । बिहान उठ्दा कपाल कर्ली हुन्छ ।

कपाल बाध्ने तरीका : सिधा कपाल भएको व्यक्तिले हल्का चुल्ठो बनाएर सुत्नुपर्छ जसले गर्दा कपाल लट्टा पर्दैन् । लामो कपाल भएको व्यक्तिले जुरो बनाउनु पर्छ । तर जुरो बनाउँदा कपाल धेरै तन्काउनु हुँदैन् । कपाल घुम्रेको व्यक्तिले कपाललाई पछाडी जुरो बनाएर सुत्नु पर्छ । जसले सुत्न कुनै समस्या गर्दैन् । र बिहान उठ्दा कपालको आकार ठीक अवस्थामा रहन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =