स्टार क्रिकेटर सन्दिप लामिछाने भए क्याम्पस भर्ना उनलाई आफ्नो सेक्सनमा तान्ने धुँइरो (भिडियोसहित)

  • 158
  •  
  •  
  •  
  •  
    158
    Shares

काठमाडौ । विश्वभर छोटो समयमै नेपाली क्रिकेट टिमको तर्फबाट ख्याती कमाएका सन्दीप लामिछाने कलेज पढ्नको लागी भर्ना भएका छन् । उनी ३ वर्षे ब्याचलर इन सोसल वर्क अर्थात एसडब्लू कोर्षका लागि बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज आफै गएर भर्ना गरेका हुन् ।

त्यसैगरी उनले फर्म भर्ने क्रममा एक म भनाइ पनि राखेका छन् , त्यसमा उनले जहाँ जुन अवस्थामा भएपनि देशका लागि केही न केही अवश्य योगदान गर्नुपर्ने बताए। त्यसका साथै कलेजको पढाइ र क्रिकेट खेल सँगै अगाडि बढाउने समेत बताए ।

त्यसैगरी उनलाई क्याम्पस परिवारले एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । भने उनी सोही कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । त्यसैले त उनले कलेजको भर्ना फारम भर्दा नै उनका समकक्षी बीच आफ्नो सेक्सनमा सन्दिपलाइ तान्ने होड चलेसग सन्दिप हाम्रो सेक्सनमा चाहियो भन्दै कराएका थिए ।

नेपालको स्याङ्गजा जिल्लामा जन्मिएको उनले २०१५ -१७ आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन् । योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए । सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पठाएका थिए ।

छोटो समयमै नै महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उचाईमा पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन् । बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि २० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 10 = 17