मुखै रसाउने गुन्द्रुक र भटमासको यसरी बनाउनुहोस् अचार ( बिधि सहित )

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौँ । नाम नै काफी हुन्छ अचारको नाम सुन्ने साथ सबैको मुख रसाउन थाल्छ । हरेक दिन हाम्रो भान्सामा केही न केहीको अचार बनेकै हुन्छ । कहिले आँपको अचार खान्छौँ, कहिले मुलाको, कहिले टमाटरको, कहिले खुर्सानीको त कहिले गुन्द्रुक लगायतको अचारहरु बनाएर खाने गर्छौ । त्यसैले आज हामी तपाईहरुलाई गुन्द्रुकको अचार बनाउने सजिलो उपाय बारे बताउन गइरहेका छौँ । सबैलाई मन पर्ने गुन्द्रुकको अचार गुन्द्रक प्राय सबैको घरमा हुन्छ ।

आवश्यक सामाग्री :

गुन्द्रुक

भटमास

गोलभेँडा

प्याज

हरिया धनियाँ भुजुरी बनाएको

अदुवा लसुन

तोरीको तेल

आवश्यकता अनुसार नुन

मेथी

रातो खुर्सानीको धुलो १ चम्चा

बेसारको धुलो

हरियो खुर्सानी

बनाउने विधि :  सबैभन्दा पहिले गुन्द्रुक भिजाउनेको लागि तातो पानी तताउने । त्यसपछि तातोपानीमा गुन्द्रुक राख्ने । त्यसपछि भटमास भुट्ने । त्यसपछि आवश्यकता अनुसार गोलभेँडा लाई पोल्ने । त्यसको बोक्रा कालो भएपछि निकाल्ने । गोलभेँँडालाई पिस्ने । त्यसपछि भिजाएको गुन्द्रुकबाट सौ पानी निकालेर त्यसलाई मसिनो बनाएर काट्ने नभए पिस्ने ।

पिसेको गुन्द्रुकलाई एउटा भाँडोमा राख्ने र त्यसमा नुन, तेल, खुर्सानीको धुलो, हरियो खुर्सानी काटेर मसिनो बनाएर पिस हाल्ने, प्याजलाई मसिनो बनाएर हाल्ने, धनियाँ, अदुवा, लसुन, कागतीको रस राख्ने र पिसेको गोलभेडार भटमास पनिसँगै राख्ने । त्यसपछि तोरीको तेल वा सूर्यमुखीको तेल तताएर मजाले झान्ने र मोल्ने । अब अचार तयार भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + = 8