यसरी बनाउनुहोस् ,तीतेकरेलाको स्वादिष्ट तरकारी हेर्नुस् ( ५ विधीसहित )

  • 171
  •  
  •  
  •  
  •  
    171
    Shares

काठमाडौ । तीतेकरेला सुन्दा नै साच्चै खान मन नलाग्ने तर, करलागी खानु पर्ने एक औषधी गुण भएको हामीले तरकारीको रुपमा नियमित प्रयोग गर्ने वस्तु तितेकरेला हो । हेर्नुस् न तिते भनेको तितो स्वाद भएको ,अनि करेला भनेको एउटा खाइने चिज मिलेर बनेको छ । जसलाई मानिसहरुले मन नपराईकन पनि औषधीको रुपमा खाने गरेका छन् । जसलाई हाम्रो समाजमा विशेषत प्रेसरको औषधीको रुपमा खाइन्छ ।

सिधै हेर्दा हरियो खाउखाउ लाग्ने तर खादा तितो हुन्छ । तर यसलाई राम्रो विधीपूर्वक पकाएर खाने हो भने साच्चै नै फाइदा हुन्छ । यो मिठो नहुनुको मुख्य कारण हो पकाउने तरिका नपुगेर , यदि यो तल दिइएको विधी प्रयोग गरेर पकाएर खानुस् । रोग र भोक दुवैबाट मुक्ति पाउनुहुन्छ ।

त्यसका लागी सूरुवातमा यी सामग्रीहरु तयार पार्नुहोस् । अनिमात्र विधी लागु हुन्छ र मिठो तरकारी बन्छ । ४ वटा ठिक्को वा ४०० ग्रामको तिते करेला किनेर ल्याउनुहोस् । त्यसका साथै १ कप काटेको गोलभेँडा ,२ ३ वटा काटेको हरियो खोर्सानी ,१ ठूलोे प्याज काट्नुहोस् । त्यसमा एउटा कागती बेसारको धुलो आधी चम्चा, जिरा र धनियाँको दाना आधी आधी चम्चा ,गरम मसाला आधी चम्चा, पिसेको अदुवा लसुन १ चम्चा, र रातो धुलो खोर्सानी १ चम्चा पनि तयार पार्नुहोस् । र त्यसलाई पकाउनको लागी तेल ३० मि.लि र नुन चाही आफ्नो तरकारी र स्वाद अनुसार हाल्नुहोस् ।

जब तपाईले यति कुरा तयार पार्नुहुन्छ ,त्यसपछि यो विधी अपनाएर तितेकरेलाको तरकारी पकाउनुहोस् । तपाई कहिल्यै तिते करेलाको तरकारी मन पदैन् भन्नुहुन्न् ।हेरौ विधीहरु

– सुरुवातमा ग्यास वा आगो बालेर कराईमा तेल तताउनुहोस् ।

-त्यसपछि त्यसमा जिरा, धनियाँ, र हरियो खोर्सानी हाल्नुहोस् । अनि यसमा काटेको प्याज हालेर फ्राइ गर्नुहोस् । र हल्का प्याज फ्राइ गरिसकेपछि यसमा बेसार र करेला राखेर राम्ररी चलाउनुहोस् ।

-त्यसैगरी राम्रोसँग चलाइसकेपछि यसलाई कम्तिमा पनि १० मिनेट छोपेर मजाले पकाउनुहोस् । त्यसपछि बिच बिचमा यसलाई चलाई चलाई चारैतिर राम्ररी नडढाई पकाउनुहोस् ।

-त्यसपछि यसमा अब यसमा गोलभेँडा र अन्य मसला हालेर राम्रोसँग चलाउनुहोस् र हल्का ग्यास सानो पारेर कम तापमा पकाउनुहोस् ।

-त्यसपछि डढ्न सक्छ , चलाउदै गर्नुस् र कम्तिमा पनि १० मिनेटसम्म सानो आगो बालेर छोपेर पकाउनुहोस् । त्यसपछि निकाल्दा मिठो वास्ता आउँछ ,त्यसपछि त्यस तरकारीमा कागतीको हल्का रस राख्नुहोस् र राम्ररी सबैतिर चलाउनुहोस् । त्यसपछि तयार हुन्छ ,तपाईले भनेजस्तै र खोजेजस्तै मिठो तितेकरेलाको तरिकारी ।बाकी भिडियोमा पनि हेर्नुस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5