डेढ लाखमै पाइन्छन् नेपालमा मोटरसाइकल (भिडियो)
4.9K - 4.9KShares
काठमाडौंः नेपालमा दुईपांग्रे सवारी साधनको प्रयोगकर्ता दिन दिनै बढ्दै गएका छन् । यातायात व्यवस्था विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हालसम्म ३० लाख भन्दा बढी सवारी साधन दर्ता छन् । जस मध्ये दुई पांग्रे मात्रै २३ लाख भन्दा बढी छन् ।
सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सवारी साधनको क्षमताका आधारमा अन्तशुल्क र सडक मर्मत शुल्क समेत वृद्धि गरेको थियो । यो व्यवस्थाले बढी इन्जिन क्षमताका मोटरसाइकलको मूल्य ७ लाख रुपैयाँ सम्म बढेको छ । तर १ सय ५० सीसीसम्मका मोटरसाइकलको भने शुल्क वृद्धि गरिएको छैन । जसका कारण पनि उपभोक्ताले सस्तै मूल्य तिरेर पनि मोटरसाइकलको प्रयोग गर्न सक्दछन् ।
नेपाल हाल एक दर्जनभन्दा बढी मोटरसाइकलका ब्रान्डहरुको बिक्री हुने गरेको छ । हामीले यहाँ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले मंसिरमा प्रकाशित गरेको सवारी साधनको अधिकतम मूल्यसूचिका आधारमा नेपाली बजारमा उपलब्ध सस्ता मोटरसाइकलको बारेमा चर्चा गरेका छौं ।
रनर बाइक
रनर बाइक आरटीनेपालमा पाइने सवैभन्दा सस्तो मोटरसाइकल हो । ८० सिसि इन्जिन क्षमताको यो मोटरसाइकलको नेपाली बजार मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
होन्डा नाभी
नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा होन्डा नाभी दोस्रो नम्बरमा पर्दछ । यो मोटसाइकलको मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको छ । यसको इन्जिन क्षमता १ सय १० सीसी रहेको ।
टीभीयस स्टार स्पोर्ट
नेपालमा पाइने सस्तो मोटरसाइकल मध्ये टीभीयस स्टार स्पोर्ट तेस्रो मा आउछ । जसको इन्जिन क्षमता १ सय २ सीसी रहेको छ । यो मोटरसाकलको मूल्य भने १ लाख ५६ हजार ९ सय रहेको छ ।
हिरो स्प्लेन्डर प्रो
नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा चौथो नम्बरमा आउने हिरो स्प्लेन्डर प्रो को मूल्य १ लाख ६१ हजार ५ सय रहेको छ । यो मोटरसाइकलको इन्जिन क्षमता १ सय सीसी रहेको छ
बजाज प्लाटिना
बजाज प्लाटिना मोटरसाइकल नेपालमा पाइने सस्ता मोटरसाइकलको सूचीमा पाँचौ नम्बरमा पर्दछ । जसको इन्जिन क्षमता १ सय सीसी रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ६३ हजार ९ सय मात्रै रहेको छ ।
सुजुकी हायाते इपी
सस्ता मोटरसाइकलको सूचीमा छैटौ नम्बरमा आउने सुजुकी हायाते इपी को मूल्य १ लाख ७८ हजार ९ सय मात्रै रहेको छ । जसको इन्जिन क्षमता १ सय २५ सीसी रहेको छ ।
यामाहा सलुटो ड्रम
यामाहा सलुटो ड्रम मोटरसाइकल सस्ता मोटरसाइकलको सूचीमा नेपालमा सातौ नम्बर आउछ । जसको इन्जिन क्षमता १ सय २५ सीसी इन्जिन क्षमता रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ८७ हजार ९ सय रहेको छ ।