मृत महिलाको पाठेघर प्रत्यारोपण गरेर बच्चाको जन्म, कसरी भयो सम्भव ?

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

एजेन्सी, १९ मंसिर । ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घन्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको बीबीसीले जनाएको छ ।

पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघरबिनै जन्मेकी थिइन् । जीवित महिलाले नै दान गरेको पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ । त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ ।

तर मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए, कि त गर्भ तुहिएका थिए । यस पटक, ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन्, जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो ।

पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५०० महिलामा एकजनामा देखिने एक प्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन् । त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित हुँदैन । तर उनको डिम्बाशयमा केही समस्या थिएन । र चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए ।

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो । उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउन त्यसको गरिएको थियो ।

त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन सुरू भयो । सात महिनापछि गर्भाधान गराइएको ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो । र, सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियनपछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 ÷ = 2