जाडो महिनामा स्वस्थ रहन भुलेर पनि नगर्नुहोस् यी गल्ती

  • 52
  •  
  •  
  •  
  •  
    52
    Shares

काठमाडौँ ,१९ मंसिर । मौसम अनुसार स्वास्थ्यको हेरचाह गर्नुपर्छ । गर्मीमा होस् या जाडो मौसम जस्तो सुकै समयमा पनि शरिरलाई पौष्टिक तत्वको आवश्यकता पर्छ । जाडो मौसम सुरु भएलगतै मोटोपनको समस्या मानिसहरुमा उत्तिकै रुपमा देखिने गर्छ । मोटोपनको कारण मधुमेह, उच्चरक्तचाप, रक्तकोलेस्टोल जस्ता थुप्रै रोगले सताउने गर्छ । त्यसकारण जतिसक्दो आफ्नो शरिरलाई फिट राख्न जरुरी हुन्छ । त्यसैले आज हामी तपाईलाई जाडो मौसममा कसरी स्वस्थ रहने भन्ने बारे बताउन गइरहेका छौँ ।

तातो पिय पदार्थ पिउने  : जाडो मौसम्म तौल घटाउनको लागि चिया कफी पिउने गर्दा राम्रो हुन्छ । यसरी हरेक पिउने चिया कफीमा दुध र चिनीको मात्रा थोरै प्रयोग गर्ने गर्नुपर्छ । त्यो भन्दा राम्रो ब्याल्क टि र ग्रीन टि खानु लाभदायीक हुन्छ ।

व्यायाम गर्नुहोस्  : जाडो मौसम सुरु भएलगतै पारिलो घाम भएको ठाउँ सबैलाई प्यारो लाग्छ । यसरी लामो समय शरिरलाई आराम दिने गर्दा मटोपन बढ्ने भएकाले बिहान सबेरै उठेर केही समय ब्यायाम गर्नु जरुरी हुन्छ ।

मादक पदार्थ सेवन नगर्नुहोस् :  जाडो मौसम सुरु भएलगतै प्राय जसो धेरै मानिसहरुले शरिर तताउनको लागि मादक पदार्थ सेवन गर्ने गर्छन् । यसरी नियमीत शरिर तताउनको लागि पिइने मादक पदार्थले शरिरमा मटोपन बढ्ने भएकाले यस प्र्रति सजग हरनुपर्नेछ ।

खानपानमा ध्यान दिनुहोस् :  मिठो स्वादको लागि अत्याधिक मरमसला प्रायोग गरेर खाना खानु हुँदैन् । जाडो मौसममा हामीले खाने हरेक परिकारमा नुनको मात्रा कम राखेर खाने गर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

52 + = 58