के नेपालमा ८ रेक्टर स्केलमाथि भूकम्प जाँदैछ ? भारतीय भूगर्भशास्त्रीको प्रतिवेदनले यस्तो भन्छ

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौं, १९ मंसिर । नेपालमा विनाशकारी भूकम्प गएको आगामी वैशाखमा चार वर्ष पुग्दैछ । २०७२ वैशाख १२ गते गएको भूकम्पका पीडित अझै पनि टहरोमै बस्न बाध्य छन् । हजारौंको संख्यामा भौतिक संरचना ध्वस्त भए । नौ हजार बढीले ज्यान गुमाए ।

विनाशकारी सो भूकम्पको खाटो नबस्दै फेरि नेपालमा आठ रेक्टर स्केलभन्दा माथिका भूकम्प जाने भविष्यवाणी गर्न थालिएको छ । जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा नेपालमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ,’ जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ । नेपालको सुदूरपश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकमा आधारित भएर गरिएको अध्ययनले यस्तो देखाएको हो । जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्विरको सहयोगमा अनुसन्धान सञ्चालन भएको थियो ।

सन् २०१५ मा नेपालको गोरखा केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भविष्यमा यो भन्दा ठूलो भूकम्प जाने र त्यसबाट १० लाख बढी मानिसको मृत्यु हुने अनुमान पनि गरिएको छ । अमेरिकी भूगर्भशास्त्री रोजर विल्हम जसले हिमालयन क्षेत्रमा जाने भूकम्पको अध्ययन गरिरहेका छन्, उनका अनुसार अहिलेसम्म आठ रेक्टर स्केलमाथिका आधा दर्जन बढी भूकम्प गइसक्नुपर्ने हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ 3 =