माघ ७ गते श्रीपेच लगाएर पूर्वराजा नारायणहिटीमा फर्किने , के हो खास कुरा ?

  • 3.6K
  •  
  •  
  •  
  •  
    3.6K
    Shares

काठमाडौ । अहिले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको पुन नारायणहिटि फर्किने कुराले गर्दा उनका  समर्थकहरुले सामाजिक सञ्जाल तताइरहेका छन् । त्यस्तै उनको समर्थनमा नाराजुलुश र सभा गर्दै हिँडेका राष्ट्रवादी नागरिक अभियान संघर्ष समितिका अभियान्ताहरुले काठमाण्डौं शान्ति बाटीकामा आयोजना गरिएको र्यालीपछिको कोड सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले राजा आगामी माघ ७ गते नारायणहिटि फर्किने  कुरा उनैले हल्ला फैलाएकी हुन् ।

जसको कारण निकै ठुलो हल्ला फिजिएको थियो । उनले भनकी थिइन् श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ  । त्यसैगरी उक्त र्यालीमा सहभागी भएका अभियन्ताहरुले देश टुक्रयाउन पाईदैन, प्रदेश सरकार चाहिदैन जस्ता नाराहरु लाउँदै प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई नक्कली राष्ट्रवादी र दलालको संज्ञा समेत दिएका दिए । त्यसैले कार्यक्रममा प्रहरीलाई सुरक्षा दिन निकै गाह्रो परेको थियो ।

तर पछिल्लो समय देशमा राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै वकालत गर्नेहरु सक्रिय हुँदै गएका छन् । देशमा गणतन्त्र मात्र नभई संविधान समेत निर्माण भैसकेको अवस्थामा पनि राजसंस्थाको माग गर्दै विभिन्न अभियानको नाममा र्याली र सभा हुने क्रम बढ्दो रहेको छ । त्यसैले त यसको मुख्य कारक अहिलेको सरकार बनेको छ । जसको मुख्य विषयहरु , निमर्ला पन्तको हत्यार पत्ता लगाउन नसक्नु , त्यसैगरी दिनदिनै हुने बलत्कार र हिंसा नै हो । यही कारण अहिलेको सरकार आलोचित हुदा जसको फाइदा राजाबादीहरुमा परेकाले यस्तो खुलेलाम राजा फर्काउने नारा जुलुस भएको हो । जुन सरकारले अहिले सरकारी मिडियालाई समेत सोही घटनाको प्रसारण र प्रकासनमा रोक लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =