कांग्रेसले आपत्ति जनाएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाइने

  • 98
  •  
  •  
  •  
  •  
    98
    Shares

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका गतिविधिबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुत्रबार विज्ञप्तिमार्फत राजदूतकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दासमेत सरकारले चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नु दुःखद भएको उल्लेख गरेका छन् ।

राजदूतका बारेमा उठेका प्रश्नउपर तत्कालै सत्यतथ्य निरुपण गर्ने कर्तव्य सरकारको रहेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले तत्कालै सो विषयमा आवश्यक छानबिन गर्न, छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदको प्रमुख प्रतिपक्ष दलले नै बर्खास्त गर्न माग गरेपछि राजदूत शेर्पाको पद धरापमा परेको छ । कांग्रेस प्रवक्ता शर्माले राजदूत पदले व्यक्तिलाई होइन, सिंगो राष्ट्र र राष्ट्रको छविलाई प्रतिनिधित्व गर्दछ भन्दै अष्ट्रेलियाको राजदूत शेर्पा मानव तस्करीमा संलग्न भन्ने प्रश्नको छानविनमा भएको ढिलाइप्रति आपत्ति जनाएका छन् । उनले राष्ट्रको इज्जतसँग जोडिने विषयमा नरम नीति नलिन सरकारलाई सचेत गराएका छन् ।

राजदूत शेर्पा र उनका पतिले वाङ्छे शेर्पा नाम गरेका व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै २२ लाख रुपैयाँ लिएको आरोप लागेको छ । वाङ्छे शेर्पा अस्ट्रेलियास्थित नेपाली दूतावासमा सवारीसाधन चलाउने गर्दथे । तर, उनलाई अमेरिका पठाउन नसकेपछि दूतावासले विभिन्न सामान चोरी गरेको आरोपमा जागिरबाट निकालेको थियो ।

आफूलाई जागिरबाट निकालेको एक वर्षपछि वाङ्छे शेर्पाले राजदूत शेर्पा दम्पती नै मानव तस्करीमा लागेको मिडियामार्फत सार्वजनिक गरेका हुन् । यो विषयलाई लिएर सत्तारुढ दलकै कतिपय केन्द्रीय सदस्यले उनलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =