लिओनेसालाई हराउँदै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौंः बार्सिलोना को पा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको हो ।

बुधबार राती घरेलु मैदानमा ४-१ को जित निकालेको हो । यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोना समग्रमा ५-१ काे जित निकाल्दै दाेस्राे चरणमा पुगेको छ । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गरे । उनलाई विङ्गरद्वय माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेर साथ दिए ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले यस खेलका लागि नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र सुरुवाती रोजाइमा राखेका थिए । राकीटिचले सिजनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा तीन असिस्ट दिए । उनले मुनिरले गरेको पहिलो गोलका लागि सुआरेजसँग सुन्दर वन टु पास खेल्दै अन्तिम पास मिलाएका थिए । मुनिरले १८ औं मिनेटमा आकर्षक फिनिस गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

बार्सिलोनाको दोस्रो गोलमा पनि राकीटिचकै असिस्ट रहयो । २६ औं मिनेटमा उनले दिएको पासलाई डेनिस सुआरेजले शक्तिशाली प्रहार गर्दै गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । पहिलो हाफ सकिनुअघि नै बार्सिलोना ३-० ले अगाडी भयो । ४३ औं मिनेटमा राकीटिचको क्रसमा माल्कमले हेडरमार्फत गोल गर्दै ३-० को अग्रता दिलाए ।

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो । बार्साका गोलरक्षक जास्पर सिलेसनले जोर्गे ओरित्जको लामो प्रहार बचाएपनि रिबाउन्डमा जोसे म्यानुएलले दिएको क्रसमा सेनेले गोल गर्दै अग्रता घटाए । ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले पुन गोल गर्दै खेलमा ३ गोलको अग्रता कायम गरे । बार्सिलोनाले पहिलो लेगको खेल १-० ले जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =