गगन थापालाई रामचन्द्र पौडेलका छोरा चिन्तनको काउन्टर, के राजनीति जागिर हो ?

  • 629
  •  
  •  
  •  
  •  
    629
    Shares

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसमा ७० वर्षे उमेरहदको बहस प्रारम्भ भएसँगै आरोप–प्रत्यारोप सुरु भएको छ । पार्टीमा अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य पाका उमेरका भएका भन्दै केही युवा नेताहरूले ७० वर्षे उमेरहदको बहस सुरु गरेका हुन् ।

कांग्रेस युवा नेता गगन थापा, धनराज गुरुङलगायतले सुरु गरेको यो बहसको विरोधमा नेतापुत्रहरू नै देखिएका छन् । कांग्रेसमा उमेरहदको प्रस्ताव प्रति नेता रामचन्द्र पौडेलपुत्र चिन्तनले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गगन थापा र धनराज गुरुङलाई काउन्टर दिएका हुन् । उनले बाबु रामचन्द्रको उमेरको बचाउ गरेका छन् ।

नेता पौडेलपुत्र चिन्तनले राजनीति जागिर नभएको भन्दै पेन्सनको व्यवस्थासहित ५८ वर्ष बनाउने कि भन्ने प्रस्ताव गरेका छन् । उनले लेखेका छन्, ‘के राजनीति जागिर हो ?’

कांग्रेस केन्द्रीय समितिको बैठकमा मंगलबार गगन थापाले ७० वर्ष उमेरहदको प्रस्ताव गरेका थिए । उनले ७० वर्ष उमेर पुगेका नेताहरू कार्यकारी पदबाट बाहिरिनुपर्ने प्रस्ताव गरेका थिए । नेता थापाले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पौडेलपुत्र चिन्तनले यस्तो चुनौती र चेतावनी दिएका हुन् ।

चिन्तन आफैं पनि कांग्रेसको राजनीति गर्न चाहन्छन् । अहिले उनी युवा जागरण अभियानका साथ विभिन्न जिल्लामा पुगेका छन् । कांग्रेसमा उनका बाबुको उमेरका नेताहरूले अवकाश नलिँदासम्म चिन्तनहरू पार्टी नेतृत्वम पुग्न वृद्ध उमेर नै हुनुपर्नेछ ।

अहिले कांग्रेस सभापति ७४, रामचन्द्र पौडेल ७६, अर्जुननरसिंह केसी ७४, कृष्णप्रसाद सिटौला ७० वर्ष भइसकेका छन् । गगन थापाले गरेको प्रस्ताव यदि कांग्रेसमा कार्यान्वयनमा आएमा करिब ७० प्रतिशत केन्द्रीय सदस्य अवकाश हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 40 = 43