नवविवाहित जोडी प्रियंका र निकले यसरी काटे १८ फिट अग्लो केक (भिडियो सहित)

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

एजेन्सी,२० मंसिर । केहि समयदेखि प्रेम सम्बन्धमा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन औपचारिक रुपमा विवाह बन्धनमा बाधिएका छन् ।गत शनिबार इसाइ परम्पराअनुसार विवाह गरेका उनीहरुले शुभ विवाहको अवसर पारेर १८ फिट अग्लो केक काटेका थिए । आइतबार उनीहरुले हिन्दु परम्पराअनुसार विवाह गरेका थिए ।

दिल्लीमा भएको विवाहको भव्य पार्टीमा नवविवाहित जोडीलाई शुभकामना दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित भएका थिए । यतिबेला भने सामाजिक सञ्जाल यी दुईको विवाहको तस्वीरहरुले रंगिन बनेका छन् ।

यद्यपी इसाइ परम्पराअनुसार विवाह गर्दा निक र प्रियंकाले एक साथ हतियार उठाएर केक काटेको भिडियो सामाजिक संजालमा भाइरल नैै बनेको छ । अब उनीहरुले मुम्बाईमा भव्य विवाह पार्टीको आयोजना गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 4