हिन्दु राष्ट्रको विषयलाई लिएर बाबुराम भट्टराई र कमल थापाबीच ‘वाकयुद्ध’

  • 67
  •  
  •  
  •  
  •  
    67
    Shares

काठमाडौं, २० मंसिर । हिन्दु राष्ट्रको विषयलाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापाबीच ‘वाकयुद्ध’ सुरु भएको छ ।

हिन्दु राष्ट्रका लागि राप्रपाले आन्दोलन सुरु गर्ने भन्ने समाचारप्रति डा.भट्टराईले ट्विटरमा कडा आपत्ति प्रकट गरेपछि थापाले ट्विटरमार्फत नै उनलाई चुनौती दिएका हुन् ।

बाबुरामले जनताको धार्मिक भावना भड्काएर सत्ता स्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन् भन्दै धर्मको संवेदनशील विषयमा राजनीति गर्नेहरूको नियति भष्मासुर जस्तो नहोस् भन्दै राप्रपालाई चेतावनी दिएका छन् ।

प्रत्युत्तरमा कमल थापाले जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादनेहरूले धार्मिक द्वन्द्वको बीजारोपण गरेको आरोप लगाउँदै सनातन धर्म नष्ट गर्ने षड्यन्त्रकारीहरू आफैं नष्ट हुने दाबी गरेका छन् ।

हालै सम्पन्न एसिया प्यासेफिक सम्मेलनमा सरकारकै सहयोग रहेको तथा मुलुकमा इसाईकरण तीव्र रूपमा विस्तार भएको निष्कर्षसहित राप्रपाले फागुनदेखि हिन्दु राष्ट्र स्थापनाका लागि सडक आन्दोलनको घोषणा गरेको छ ।

राप्रपाको विधानमै हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र उल्लेख छ । राप्रपाले सुरु गर्न लागेको आन्दोलनलाई बाबुरामले सत्ता स्वार्थका लागि रोटी सेक्ने काम भनी संज्ञा दिएका छन् ।

प्रतिनिधिसभामा नयाँ शक्ति र राप्रपाबाट एक–एकजना सांसद छन् । स्थानीय तहमा राप्रपाले नयाँ शक्तिभन्दा बढी सिट जितेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 ÷ 2 =