निर्मला हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका प्रदीप रावलसँग बयान लिइयो, कतै उनी हाइप्रोफाइल नेताका छोरा त होइनन् ?

  • 294
  •  
  •  
  •  
  •  
    294
    Shares

काठमाडौं, २० मंसिर । ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने निर्मला पन्तको पोस्टर अभियानले निकै दबाबमा परेको प्रहरीले हत्या आरोपमा प्रदीप रावललाई पक्राउ गरी बयान लिन सुरु गरेको छ । बुधबार काठमाडौंबाट पक्राउ परेका रावलमाथि बिहीबार बिहानदेखि बयान लिन थालिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि नै रावललाई पक्राउ गरी बयान लिएर छाडेको थियो । रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए । उनलाई सीआईबीको तत्कालीन अनुसन्धान टोलीका डीएसपी अंगुर जिसीले सोधपुछ गरी छाडेको थियो । प्रहरीले छाडेपछि उनी पुनः भारत गएका थिए ।

तर, सीआईबीले पुनः पक्राउ गरेपछि रावल नै निर्मला पन्तको बलात्कारी र हत्यारा भएको आशंका गरिएको छ । यद्यपि उनको डीएनए रिपोर्ट आइसकेको छैन । रावलसँग बयान लिएपछि उनको डीएनए परीक्षण गर्न पठाइएको प्रहरी स्रोतले बतायो ।

रावलसँगको बयानमा प्रहरी आईजीपी सर्वेन्द्र खनाल आफैंले चासो देखाएको बुझिएको छ । बुधबार दिउँसो ४ बजे गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेका खनाललाई सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले थप शंकासहति रावललाई नियन्त्रणमा लिएको जानकारी गराएपछि उनी आफैं राति १० बजे सीआईबी कार्यालय पुगेको बताइएको छ ।

बिहीबार बिहान सीआईबी प्रमुख ठकुरी, डीआईजी निरज शाही, डीएसपी कवित कट्वाल र अनुपमशमशेर जबराले रावलसँग बयान लिएको प्रहरीले जनाएको छ । एक हप्ताअघि कञ्चनपुरबाट सातजनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो । सोमबारदेखि रावललाई हिरासतमा राखेर अनुसन्धान थालिएको थियो ।

१८ वर्षीय रावल लागूऔषध प्रयोगकर्ता हुन् । उनको डीएनएलाई निर्मलाको भेजिनल स्वाबसँग म्याच गराइनेछ । यदि निर्मलाको भेजिनल स्वाबसँग उनको डिएनए मिल्यो भने प्रहरीका लागि ठूलै उपलब्धि हात पर्नेछ ।

तर, लागूऔषध प्रयोगकर्तासमेत रहेका उनले एउटा पनि प्रमाण नभेटी निर्मलाको शव कसरी ठेगान लगाउन सके भन्ने प्रश्न अनुत्तरित नै छ । सोही कारण निर्मलाको सामूहिक बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको हो ।

निर्मलाको बलात्कारपछि हत्यामा कञ्चनपुरका हाइप्रोफाइल नेताका सन्तान रहेको बताइँदै आएको थियो । त्यसैले अहिले कञ्चनपुरका रावल थरका हाइप्रोफाइल नेता को को हुन् भन्ने खोजी सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =