प्रहरीका डीएसपीकाे किर्ते धन्दा उजूरी आइजिपिसम्म, यसरी पक्रिन एलिजाले प्रहरीका गुण्डा नाइके

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौँ,२० मंसिर । कोटेश्वर प्रभागकी इन्स्पेक्टर एलिजा गिरीले सेवाग्राहीहरुसँग घुस लिने र अवैध धन्दामा रहेका डीएसपीको किर्ते धन्दा पता लगाउनेदेखि गुण्डागर्दीमा संलग्न रहेका प्रहरीहरुलाई पक्राउ गर्न सफल भएकी छन् । अवैध क्रियाकलापमा रहेका प्रहरीमाथि अपरेशन गर्नको लागि कार्यालयले गरेको गोप्य अनुसन्धानबाट गुण्डागर्दीमा संलग्न प्रहरीहरुलाई पक्राउ गरिएको हो ।

कोटेश्वर क्षेत्रमा गुण्डागर्दी र अवैध चन्दा असुली धन्दमा मोनम लामा र टुसाल लामालाई इन्स्पेक्टर एलिजाले मुद्दा चलाउन बानेश्वर पठाएकी थिइन् । तर बानेश्वर वृतका डिएसपीगोविन्द राज काफ्लेले टुसाललाई मुद्दा चलाएर मोनम लामालाई छोडेपछि बानेश्वर प्रहरी वृतका डिएसपि गोविन्द राज काफ्लेले ठूलो आर्थिक चलखेल गरेको हुन सक्ने गुणासो आउन थालेको छ ।

यसरी वृतका केही डिएपिहरु किर्ते धन्दामा रहेको खबर आएपछि बानेश्वर, बालाजु, महाराजगन्ज र दरबारमार्गका डिएसपीमाथि अनुसन्धान हुने देखिएको छ । प्रहरी वृत बौद्धका डिएसपि श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले घुस रकम सहित प्रक्रउ गरेपछि प्रहरीहरुमा ठूलै खैलाबैला मच्चिएको छ । यसरी काठमाडौँ प्रहरी वृतका प्रहरीहरु अवैध धन्दामा लागेको आसंकामा आइजीपिको सचिवालयमा गुणासे आउन थालेपछि प्रहरी भित्र गोप्य निगरानी गरि शुद्धिकरण गर्न सचिवालयले काठमाडौँ परिसरलाई निर्देशन दिएको छ ।

यतिबेला काठमाडौँ प्रहरी वृतका प्राय सबै डिएसपि अनुसन्धानको दायरामा रहेका छन् । केही दिन अगाडी मात्रै बालाजु वृतका डिएसपि चिरञ्जीवी कोइरालाले बालाजुको मेनपाव, मेनपावर, रेष्टुरेन्ट र होटलबाट अवैध असुली गरेको भन्दै उजुरी परेको छ । त्यस्तै महाराजगञ्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाईलाई पनि अवैध धन्दामा सलग्न भएको आरोप लागेको छ । केही दिन अगाडी गोंगबुमा हत्या भएका ८ वर्षिय बालक प्रयास कुँवरको हत्यार महेन्द्र सार्कीलाई रातभर राखेर भोलिपल्ट घर पठाएपछि यहाँ पैसाको चलखेल भएको हुन सक्ने भएको भन्दै अपराध अनुसन्धान महाशाखाले छानबिनको माग गरेको छ ।

त्यसो त दरबारमार्ग वृतका डिएसपि दानबहादुर मल्लमाथि खतरानाक केस परेको छ । दरबार मार्ग क्षेत्रमा रहेका जुवाडेसँग रकम असुल्ने, डिस्को क्लबमा झगडा गर्ने गुण्डालाई छेड्ने गरेको कारण उनी पनि विवादमा नै रहेका छन् । केहि दिन अगाडी क्लबमा खुकुरी हानेर मुद्दामा परेका प्रकाश पुन नाम गरेका गुण्डालाई छोडेपछि डिएसपि मल्लमाथि ठूलो रकम चलखेल गरेको हुन सक्ने भएको भन्दै काठमाडौं परिसरका एसपी अशोक सिंहले पुनमाथि म्याद थप गरेर मुद्दा चलाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 + = 90