अनिल कपूरको दीपिकालाई अचम्मको सन्देश, ‘दीपिका ! रणवीरलाई कहिल्यै नछोड्नु’

  • 94
  •  
  •  
  •  
  •  
    94
    Shares

एजेन्सी, अहिले अभिनेत्री प्रियंका चोपडा र सिङ्गर निक जोनसको बिवाहको समाचारले मिडिया भरिएको बेला केहि समय अघि बिवाह बन्धनमा बाँधिएका दीपिका पादुकोण र रणवीर सिंहलाई शुभकामना आउने क्रम भने रोकिएको छैन । यसैबीच भर्खरका नौला जोडी रणवीर – दीपिकालाई अभिनेता अनिल कपूरले शुभकामना दिएका छन् । उनको विस भने अचम्मको छ ।

उनले दुइलाई शुभकामना दिंदै भनेका छन् ,’तिमीहरुलाई बिवाहको धेरै शुभकामना छ । दीपिका ! रणवीरलाई कहिल्यै नछोड्नु’ । उनले दीपिकालाई यो सुझाब दिएका हुन् । त्यसो त ‘राम लीला’ देखि नै रणवीरसंग प्रेममा रहेकी दीपिकाले यत्तिकै रणवीरलाई अवश्य छोड्दिनन तर अनिल कपूरले भने रमाइलोमा यस्तो भनेका हुन् । हालै मुम्बईमा सम्पन्न भब्य रिसेप्सन पार्टिमा बलिउडका चर्चित कलाकार उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

95 − = 85