‘म त पिरिममा…’ को कभर भिडियो प्रतियोगिता, जित्नेलाई ५० हजार पुरस्कार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । चलचित्र ‘गरुड पुराण’ युनिटले पछिल्लो समय लोकप्रिय भइरहेको गीत ‘म त पिरिममा’ को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियो र नृत्य समूहका सदस्यहरुको फोटो सेसनको अवसरलगायतका पुरस्कार पाउने चलचित्रका निर्देशक सुवास कोइरालाले बताए ।

प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामूहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com  मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रियसनको युटुब च्यानलमा अपलोड गरिने सिईओ विष्णुकान्त घिमिरेले बताए ।

दिनेस राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्री र मनिषा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन् ।

गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको संगीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियंका सिंह र अञ्जली योञ्जनको नृत्य देख्न सकिन्छ । चलचित्र माघ ४ गते देशव्यापी प्रदर्शनमा आउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =