धार्मिक विधि अनुसार यो समयमा गर्नुहोस् गायत्री मन्त्र जप ! कहिल्यै आउँदैन् जीवनमा नकारात्म बाधाहरु !

  • 290
  •  
  •  
  •  
  •  
    290
    Shares

काठमाडौँ, २० मंसिर । हिन्दु धर्म अनुसार पूजा आज गर्दा विभिन्न मन्त्रहरु पढ्ने गरिन्छ । यस्तै मन्त्र मध्येको गायत्री मन्त्रलाई वेदमा निकै चमतकारीक मन्त्रको रुपमा लिने गरिन्छ । वास्त्वमा भन्ने हो भने गायत्री मन्त्रको जप सामान्य संस्कारपछि गरिन्छ । त्यसकारण आज हामी गायत्री मन्त्र भित्र लुकेका केही रहस्य बारे बताउन गइरहेका छौँ ।

मुख्यतया वेदको सख्या ४ रहेको छ । यी चारै वेदमा गायत्री मन्त्र उल्लेख गरिएको छ । गायत्री मन्त्रको ऋषि नै विश्वमित्र हुन् । भनिन्छ गायत्री मन्त्रमा अद्भूत शक्ति रहेको छ । जुन मन्त्रको हरेक दिन तीन पटक जप गर्नाले व्यक्तिको जीवनमा कहिल्यै पनि नकारात्मक शक्ति नआउने बताइएको छ । गायत्री मन्त्रको जपबाट धेरै प्रकारबाट लाभ लिन सकिन्छ । मन्त्रले भन्छ यसको ‘प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई हामि अन्तःकरणमा धारण गरौ ।

परमात्मा हाम्रो बुद्धिको सन्मार्गमा प्रेरित गरुन ।’ यसरी गायत्री मन्त्रको जप गर्नाले बौद्धिक क्षमतामा बृद्धि हुनेको साथै स्मरण शक्ति बढ्नेछ । सूर्योदय भन्दा २ घण्टा अगाडी र सूयास्त भन्ला १ घण्टा पछाडी गायत्री मन्त्र जप गर्नाले राम्रो हुने विश्वास रहेको छ । तर मौन रुपमा दिनमा जति बेला मन्त्र जप गरेपनि राती भने गर्न नहुने बताइएको छ । २४औँ अक्ष्।र भएको गायत्री मन्त्रलाई शक्तिको प्रतिकको रुपमा समेत लिने गरिन्छ ।

जबकी ऋषिहरुले गायत्री मन्त्रको जप गरेकै कारण हरेक मनाकोमना पूरा गर्न सफल भएको बताइएको छ । आर्थिक रुपमा सवल हुनको लागि श्रीको कपडा लगाएर मन्त्र जप गर्नाले अर्थिक बाधा बाट टाढा हुने बताइएको छ । विद्यार्थीहरुको लागि गायत्री मन्त्र निकै फाइदाजनक रहेको छ । स्वामी विवेकानन्दले नै भनेका छन् की गायत्री मन्त्र सद्बुद्धिको मन्त्र हो । व्यक्तिको वुद्धि र विवेकलाई निखार ल्याउने गायत्री मन्त्रले लगातार १०८ पटक जप गर्दा कुनै पनि कुराको लामो समयसम्म याद गर्ने क्षमता बढ्ने गर्छ । त्यसकारण गायत्री मन्त्रलाई मुकुटमणी पनि भन्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 − 48 =